शुक्रबार, बैशाख ७, २०८१

यमपञ्चकको आज पहिलो दिन कागको पूजाआजा गरी काग तिहार मनाइँदै

काठमाडौं कात्तिक ९ ,  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । यमपञ्चक अन्र्तगत आज शनिवार काग तिहार  कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग को  पूजाअर्चना सहित  तिहार पर्व मनाइँने गरिन्छ ।

आज देखि  पाँच दिनसम्म मनाइने यो चाड  अर्थात   यमपञ्चक कात्तिक शुक्ल द्वितीयासम्म् यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिएको   धर्मशास्त्रमा उल्लेख रहेको  पाइन्छ । चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३९ र म्हपूजा एवम अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइने गरिन्छ ।

यसैवीच आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको स्मृतिमा सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि समेत जयन्ती मनाइँदैछ भने सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विस्वास सहित धनतेरस पर्व अन्र्तगत सुन चाँदीको गहना किन्ने हरुको लर्को समेत बजारमा देखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930