मङ्लबार, बैशाख ११, २०८१

मनकामना केबलकार सेवा आजबाट ३ दिन बन्द

काठमाडौं असोज २०,  मनको कामना पूरा गर्ने देवी मनकामनाका दर्शनका लागि मनकामना दर्शन प्रालिद्दारा सञ्चालित नेपालको पहिलो मनकामना केवलकारको सेवा आजदेखि असोज २२ गतेसम्मका लागि बन्द गरिएको मनाकामना दर्शनप्रालिले जनाएको छ ।

विगतदेखिनै बडादशैँको समयमा केवलकार सेवा ३ दिने बन्द  हुँदै आएको जनाउँदै आगामी असोज २३ गतेबाट नियमित सञ्चालनमा आउने बताईएको छ ।

३४ थान केलवकारबाट बाट भक्तजनको सेवा गर्दै आएको छ भने र ३ वटा केवलकार दब्बाले भक्तजनको सामग्री तथा बोका ओसारपसार गर्दै आएको मनकामना दर्शनप्रालिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।