शुक्रबार, बैशाख १४, २०८१

भीभीआईपी उडानका कारण विमानस्थलले आज २ घण्टा २० मिनेट व्यावसायिक उडान बन्द गर्ने

राष्ट्रपति सी जिनपिङको सवारीका बेला सडकलाई पूर्णत खाली गरिने 

काठमाडौं असोज २५,  त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलले चिनियाँ भारतको चेन्नईबाट काठमाडौँ आयँदै गर्नु भएका राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिदै आज दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थलले एक सूचना जारी गर्दै २ घन्टा २० मिनेट विमानस्थलमा व्यावसायिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

विमानस्थल सम्वद्ध स्रोतका अनुसार अनुसार २ घण्टा २० मिनेटको अवधिभित्र चिनियाा राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्नेछ । त्यसपछि मात्रै व्यावसायिक उडान हुने जनाएको छ ।

यसैवीच राष्ट्रपति सी जिनपिङको सवारीका बेला सडक छेउमा सर्वसाधारणलाई उभिन समेत बन्देज गरिएको छ । महानगरिय प्रहरी परिषरका प्रवक्ता डिएसजी होबिन्द्र बोगटीका अनुसार उच्च तहको सुरक्षा अन्र्तगत राष्ट्रपति सी को सवारी हुनु एक घण्टा पहिलेनै सवारी मार्ग खाली गर्दै बाटो छेउमा उभिएर हेर्न वा झुम्मिनमा समेत रोक लगाउँदै सवारी हुने बेला सडकलाई पूर्णत खाली गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।