शुक्रबार, चैत्र १६, २०८०

भारतीय नागरिक भएको प्रमाणित गर्न नेता कडेंलको खुला चुनौती

काठमाडौं कार्तिक ६ , नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको भन्ने जस्ता नियोजित समाचार तथा प्रायासजत समाचार सार्वजनिक हुन थालेसंगै त्यसको प्रतिकार गर्दै आफुलाई भारतीय नागरिक भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

सांसद कँडेलले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भारतीय नागरिकता भएको भनि आएको समाचारको पूर्ण खण्डन गर्दै कपोकल्पित तथा प्रायोजित समाचार प्रवाह गर्दै जनताको नजरमा भ्रम सिर्जना गर्ने खोज्ने चरित्रलाइ वा समुहलाइ खुला चुनौती सहित आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौती दिएको हो ।

त्यस्तै पूर्व गृहराज्यमन्त्री समेत रहेका उहाले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने एजेन्दामा मुद्दा चलिरहेको बताउँदै आफ्नो जिल प्रशासन कार्यालय नवलपरासीबाट १६१०८ नको नागरिकता समेत सार्वजनिक गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।