बिहिबार, बैशाख १३, २०८१

बस दुर्घटना अपडेट: बस दुर्घटनामा मृत्युहुनेको सख्या १४ पुग्यो

उद्धार गरिएका करिव ८३ जना घाइते यात्रुको काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपामा उपचार जारी, ओभरलोड यात्रु र कच्ची सडकको तालमेल मिल्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको बुझाइ 

काठमाडौं असोज २४ , इन्द्रावती गाउँपालिकामा आज बिहान भएको यात्रुवाहक बस दुर्घटना मृत्यु हुनेका सख्या १४ पुगेको छ । सिपाटारबाट काठमाडौ जादै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

७ जनाको जनाको घटनास्थलमै मृत्यु भएको हो भने थप ७ जनाको उपचारका लागि अस्पताल लाने क्रममा र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै बसमा ओभरलोड यात्रु र कच्ची सडकको तालमेल मिल्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको बुझाइ रहेको छ ।

बसमा ८५ जना भन्दा बढि यात्रु सवार रहेको यसमध्ये ४ दर्जन चन्दा बढि यात्रु घाइते भएको हुन सक्ने अनुमान सहित अझै कतिपय यात्रु बसले किचिरहेको अवस्थामा रहेकाले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने बताईएको छ । साथै अहिलेसम्म उद्धार गरिएका करिव ८३ जना घाइते यात्रुको काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा यात्रुवाहाक बस दुर्घटना, ७ जनाको घटनास्थलमा नै मृत्यु

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।