शनिबार, बैशाख ८, २०८१

प्रहरी दिवस २०७६ को अवसरमा बसन्तपुरमा साँस्कृतिक कार्यक्रम

विष्णु विष्ट/ काठमाडौं असोज १५,  ६४औं प्रहरी दिवस २०७६ को अवसरमा आज राजधानीको बसन्तपुरमा  विशेष साँस्कृतिक तथा नेपाल प्रहरी व्याण्ड कन्सर्ट कार्यक्रमको आयोजना गरिएको छ ।

महानगरीय प्रहरी परिसर टेकु काठमाडौं, सामुदायिक सेवा केन्द्र जनसेवाको संयुक्त आयोजना तथा महानगरीय प्रहरी वृत्त जनसेवा एवम् महिलाको निम्ति महिला मंच नेपालको सहकार्यमा आयोजित कार्यक्रमको औपचारिकसत्रमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याउने सामुदायिक सेवा केन्द्र कुलेश्वर, समाजसेवी चरीमाया तामाङ लगायतलाई सम्मान गर्दै चाडपर्वको समयमा हुने अपराधजन्य क्रियाकलापहरु रोक्न प्रहरी सर्मपित रहेको चर्चा गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयको ब्याण्ड सहितको टोली तथा अन्य संघ संस्थाबाट विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सामुदायिक सेवा केन्द्र,जनसेवाका अध्यक्ष तथा कार्यक्रमका सभापति विकास भक्त श्रेष्ठ उपाध्यक्ष पवित्र बज्राचार्य काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, काठमाडौंस्थित स्थानीय तहका प्रमुखहरु, पर्यटन वोर्डका पदाधिकारी , काठमाडौं जिल्ला सुरक्षा समितिका पदाधिकारी , सामुदायिक सेवा केन्द्र उपत्यका समन्वय परिषदका पदाधिका कलाकार, संचारकर्मी, स्थानीयसंगै प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।