बिहिबार, चैत्र १५, २०८०

प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य आज साँझ सम्ममा डिस्चार्ज हुने

काठमाडौं कार्तिक १४ , अचानक स्वास्थ्य अवस्था विग्रपछि राजधानीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि बुधवार भर्ना हनु भएका प्रधानमन्त्री केपी ओलीको आज हेमोडायलाइसिस उपचार गरिएको छ ।

बुधवार उपचारकालागि भर्ना हुनुभएका प्रम ओलीको बुधबार र आज गरी दुई पटक डायलाइसिस उपचार गरिएको जानकारी दिदै अस्पतालले उहाँको स्वास्थ्यावस्था सामान्य रहेको जनाएको छ । साथै अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रम ओली आजै डिस्चार्ज हुने समेत उल्लेख    गरिएको छ ।

यसैवीच प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यावस्था बुझ्न सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड अस्पताल पुग्नुभएको थियो । प्रमसंगको भेटवार्ता पछि अध्यक्ष प्रचण्डले पनि प्रम ओलीको अवस्था सामान्य रहेको र उहाँ आजै प्रम निवास पर्कने सञ्चारकर्मीलाइ प्रतिक्रिया दिनु भएको   थियो ।

स्मरण रहोस प्रम आली गत भाद्र ५ देखि २० गतेसम्म सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।