शुक्रबार, बैशाख १४, २०८१

पूर्व राजाशाहले भाई टीका ग्रहण पछि भने – धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन प्राप्त होस

प्रवृत्ति र विकासका दुई कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको अर्थ नहुने जनाउ दिदै भने  त्यसपछि परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ 

काठमाडौं कार्तिक् १२, पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा परिवर्तनका लागि बिकास र प्रगति आवश्यक रहेको बताउँनु भएको छ । यम पञ्चकको पाँचौ दिन अन्र्तगत आज बहिनी शोभा राज्यलक्ष्मी देबी शाहीको निवास कमलादीमा १० बजेर ५१ मिनेटको शुभसाइतमा भाई टीका ग्रहण पश्चात प्रगति र बिकासलाई मनन नगरे परिर्तनकर्ताहरु नै अप्ठेरोमा पर्ने बताउँदै जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ ।

एउटा प्रवृत्ति र अर्को विकास । यी दुई  कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको अर्थ नहुने जनाउ दिदै ‘त्यसपछि  , परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्ने  बताउँनु भएको छ ।

त्यस्तै उहाँले  आम आम नेपालीलाई शुभकामना ब्यक्त गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन प्राप्त होस भन्ने शुभकामना व्यक्त   गर्नु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।