बिहिबार, बैशाख ६, २०८१

पिपलमार्गस्थित गौतम निवासमा प्रहरीको छापा, दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना ‘जुवाडे’ पक्राउ

काठमाडौं कार्तिक १०,  नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले काठमाडौं महानगरपालिका–३, महाराजगन्ज, पिपलमार्गस्थित ३० वर्षीय विक्रम गौतमको घरमा सञ्चालनमा रहेको मिनि क्यासिनोमा छापा मार्दै दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना ‘जुवाडे’लाई पक्राउ गरेको छ ।  महाराजगन्ज प्रहरी वृत्तबाट प्राप्त जानकारी अनुसार २५ जना जुवाडेबाट दुई करोड ६७ लाख रुपैयाँ नगद, तीन लाख रुपैयाँको चेक, ३२ थान कौडा र चारबुक तास बरामद भएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काभ्रेका बलराम सापकोटा, शोभित सिलवाल सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठलगायतका रहेका छन् ।गौतमको घरमा ‘मिनि क्यासिनो’ नै सन्चालनमा रहेको र उच्च घरानाका व्यक्तिहरु जुवा खेल्न आउँने गरेको भन्ने विशेष सूचनाको आधामा प्रहरीले छापा मारेको हो ।

 यसैवीच प्रहरीले काठमाडौं महानगरपालिका ३२ जडिबुटी पाल्पाडाँडामा रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(३२ बस्ने ४४ वर्षीय सिताराम सिलवाल समेत ६ जनालाई नगद ५६ हजार रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान पक्राउ गरेको जनाएको  छ ।

त्यस्तै महानगरपालिका(३२ नरेफाँट बस्ने ४५ वर्षीय बाल कुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सविन थापा समेत ९ जनालाई नगद १६ हजार रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ भने  काठमाडौं महानगरपालिका(२८ बागबजार डेरा गरी बस्ने भारत विहार घर भएका २० वर्षीय विकाश कुमारको कोठामा तास खेलिरहेको अवस्थामा विकाश कुमार समेत ४ जनालाई पक्राउ गरेको छ ।

बाजुरा, बुढिनन्दा नगरपालिका ८ पाण्डुसैन बस्ने २४ वर्षीय उब्जन रावतको पसलमा जुवातास खेलिरहेको अवस्थामा उब्जन राउत समेत १४ जनालाई नगद ७६ हजार ४ सय ३० रुपैयाँ र १ गड्डी तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।त्यस्तै कास्की, पोखरा महानगरपालिका(६ पहारी मार्गस्थित होटल क्रिष्टल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक २९ वर्षीय छबी पौडेल समेत ९ जनालाई नगद १० लाख ५८ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित शनिबार राति पक्राउ गरेको छ भने दाङ, घोराही उपमहानगरपालिका(८ बेलुवा बस्ने २६ वर्षीय सन्तोष कोरीको घरमा तास खेलिरहेको अवस्थामा सन्तोष कोरी समेत १२ जनालाई नगद ३५ हजार ६ सय ३० रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

साथै पाल्पा, रिब्दिकोट गाउँपालिका(७ डवका बस्ने हुम बहादुर कुँवरको घरमा कौडा खेलिरहेका अवस्थामा तानसेन नगरपालिका(२ बस्ने ४४ वर्षीय अमन श्रेष्ठ लगायत १३ जनालाई नेपाली नगद ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ र भारतीय २ हजार ५ सय २० रुपैयाँ सहित आइतबार बिहान प्रहरीले पक्राउ जनाएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।