बिहिबार, बैशाख ६, २०८१

पत्रकारमाथि बढ्दो असुरक्षा प्रति सरोकारवालाको चिन्ता

पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चितताको माग, विश्वसनीय समाचार सम्प्रेषण गर्न आम सञ्चार माध्यमलाई एनआरएनका अध्यक्ष भट्टको आग्रह

काठमाडौ असोज २७,  नेपाल पत्रकार महासङ्घद्वारा यहाँ आज आयोजित साक्षात्कार कार्यक्रमका वक्ताहरुले नेपाली पत्रकारिताको क्षेत्रमा पछिल्लो समय पत्रकारमाथि असुरक्षा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै सरकारसंग पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताको माग गर्नुभएको छ ।

एनआरएनका अध्यक्ष भवन भट्टले हुँदै नभएका झुटा समाचार सम्प्रेषण गर्नेभन्दा पनि व्यावसायिक ढङ्गबाट सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्नुभएको उक्त साक्षात्कार कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका लागि विश्वभरी छरिएर रहेका नेपाली पत्रकारबीच एकताकोे आवश्यकता रहेको बताउँनु भएको छ ।

त्यस्तै महासचिव रमेश विष्टले पछिल्लो समयमा अनलाइन पत्रकारितामा विकृति बढ्दो रहेको बताउँदै समयमा नै विद्यमान यावत विकृतिको अन्तय गर्दै विश्वसनीय पत्रकारिताका लागि अनलाइन सञ्चारमाध्यम लाइ आग्रह गर्नुभएको छ ।

त्यस्तै नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पछिल्लो समयमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की आउने र कुटपिट हुने क्रियाकलाप बढ्दै गएको भन्दै सुरक्षाको माग गर्दै समाचार लेखेबापत पत्रकार तथा सञ्चारकर्मीलाई कुट्ने, धम्की दिने प्रवृति प्रति सरकारको ध्यानाकर्षण गराउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।