बुधबार, बैशाख १२, २०८१

नेत्रविक्रमका दाजु वीरजङ्ग चन्द सहित २१ नेता तथा कार्यकर्ता बैठकस्थलबाट पक्राउ

काठमाडौं असोज ३० , नेपाल प्रहरीको दाङबाट नेत्रविक्रम चन्द ‘विप्लवका दाजु वीरजङ्ग चन्द सहित   २१ नेता तथा कार्यकर्तालाइ पक्राउ गरेका छन् ।

दाङ प्रहरीलाइ  उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलमा बैठक बस्दै गरेको अवस्थामा गएराति पक्राउ गरिएको उल्लेख गरिएको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।