शुक्रबार, बैशाख १४, २०८१

निर्वतमान सभामुख महरालाई थप ३ दिन हिरासतमै राख्न अदालतको आदेश

काठमाडौ असोज २८,  वलात्कारको आरोप लागेसंगै निर्वतमान मात्र नभइ प्रहरी हिरासतमा पुगेका संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

संघीय ससंद सचिवालमा कार्यरत कर्मचारी रोशनी शाहीलाइ बलात्कार गरेको सनसनीपूर्ण खुलासा सहितको समाचार सार्वजनिकभए पछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशमा आवश्यक अनुसन्धानको लागि भन्दै  असोज १९ गते  कानुनी नियन्त्रणमा लिईएका निर्वतमान सभामुख महरालाइ आज अदालत समक्ष प्रस्तुत गरिएको थियो ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिपक कुमार दाहालको इजलाशमा यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय हुने अदालत स्रोतले जनाएको छ । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।