बिहिबार, बैशाख १३, २०८१

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने अपराधी मोलमोलाइ गर्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं कार्तिक ३ , महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले नक्कली सुन देखाइ ठगी गर्न खोज्ने आधादर्जन अपराधीलाइ सुनको मोलमोलाइ गर्दै गरेको अवस्थामा आइतबार  दिउँसो पक्राउ गरेका छन ।

प्रहरीक अनुसार  कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्ने क्रममा मोलमोलाइ गर्दै गरेको     भन्ने सूचनाको आधारमा  सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौ कपन बस्ने ४१ वर्षका मङगले तामाङ, २६ वर्षका सुजन रसौली, विष्णुबहादुर राउत, नवराज राउत र रोशन बुढामगर र ललितपुर सानागाँउ बस्ने २३ वर्षीय किरण लामालाइ ६ थान मोबाइल  समेत बरामद गरेको छ ।

पक्राउ परेका अभियुक्त उपर थप अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।