बिहिबार, चैत्र १५, २०८०

ध्यानाकर्षणपछि प्रम ओलीले भने- कार्तिक १३ मा मनाउँने किजापूजाका दिन विदा घोषणा हुन्छ

पञ्चाङ्ग निर्णायक समितिले वर्ष ०७६को तिहार पर्वका सम्बन्धमा गरेको क्यालेण्डर सिफारिस नेवारी समुदायले विगत देखि अङ्गिकार गर्दै आएको परम्परा वेमेल भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण्

काठमाडौ कार्तिक ३,  नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष ०७६को तिहार पर्वका सम्बन्धमा प्रकाशित क्यालेण्डर अनुरुप नेवारी समुदायले विगत देखि अङ्गिकार गर्दै आएको परम्परा वेमेल भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराईएको छ ।

सङ्घीय संसद सदस्य सांसद कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा , प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतका प्रतिनिधीमण्डलले आज प्रम ओलीसंग भेटवार्त गर्दै वर्ष ०७६ को तिहार पर्व अन्र्तगत नेवारी समुदायले कार्तिक १२ गते सूर्योदयसँगै नेस ११४० आगमनको अवसरमा नयाँ वर्षको शुभकामना आदनप्रदान गर्दै मनाउँने र बेलुका म्हपूजा गर्ने चलन रहिआएको अवस्थाकावीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान म्हपूजाको साइत जुराएको त्यस्तै समितिले औशीका दिन गर्नु पर्ने लक्ष्मीपूजा चतुर्दशीमा गर्नुपर्ने क्यालेण्डर सिफारिस गरिएको प्रम ओलीलाइ जानकारी गराईएको छ ।

त्यस्तै प्रतिनिधीमण्डलले समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको नेवारी समुदायले प्रस्तुत वेमेल साइतमा नभइ कात्तिक १३ भाइटीका मनाउँने भएकाले सो दिन पनि बिदा दिन माग गरेको बताईएको छ ।  प्रतिनिधीमण्डलको ध्यानाकर्ण पछि प्रधानमन्त्री केपी ओलीले नेवाः समुदायको भाइटीका ९किजा पूजा०का लागि कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको जनाउ दिदै यसको लागि मन्त्रिपरिषबाट निर्णय गराएर विदा घोषणा गरिने बताउँनु भएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।