शनिबार, बैशाख ८, २०८१

जनकपुर विमानस्थलमा ताण्डव मच्चाउँने सासंद शाह पक्राउ

काठमाडौ असोज २८,  सोमवार जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राजपाका सर्लाही क्षेत्र नं १ बाट संघीय संसद सदस्यमा निर्वाचित सासंद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।

प्रहरीले सासंसद शाहलाइ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरि जनकपुर चलान गरिएको बुझिएको छ ।

सोमवार सासंद शाहले बुद्ध एयरको निर्धारित ११ः३० बजेको जहाज एक घण्टा ढिलो भएपछि आक्रोशित हुँदै बुद्ध एयर काउन्टरका टेबल कुर्सी तोडफोड गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।