मङ्लबार, बैशाख ११, २०८१

चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण प्रयोजनार्थ राजधानीमा कडा सुरक्षा व्यवस्था

काठमाडौं असोज २२,  चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी २५ गतेबाट हुने दुए दिने नेपालको राजकीय भ्रमणलाइ दृष्टिगत गर्दै सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी परिचालन संगै आवश्यकता एवमे सुरक्षाको दृष्टिकोणबाट आवश्यक क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

त्यस्तै चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने गृहमन्त्रालयका उच्च् स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।