शुक्रबार, चैत्र १६, २०८०

चाडपर्वका बेला नागरिकको सुरक्षार्थ थप सक्रिय हुन महानिरीक्षक खनालको निर्देशन

काठमाडौं असोज १५ , नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत आवाञ्छित गतिविधि नियन्त्रण गर्नकै लागि प्रहरीको आवश्यकता र महत्वको चर्चा गर्दै यसवीचमा नागरिकको जिउधनको सुरक्षार्थ खट्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिनु भएको छ ।

नेपाल पुलिस क्लबमा आज आयोजित कार्यक्रममा महानिरीक्षक खनालले चाड पर्वको अवसरमा नागरिकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि र अप्रिय घटना नहुने गरी थप उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिदै समुदाय ९प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग समन्वय गरेर प्रहरीले कार्य सम्पादन गर्नपर्नेमा समेत उहाँको जोड रहेको थियो ।

त्यस्तै प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख तथा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँले प्रहरी कर्मचारीको बोली, वचन र व्यवहारमा विवेकशीलता झल्कनुपर्ने बताउँदै सकारात्मक सोच, गर्वको भावना र उर्जाकासाथ कार्य सम्पादन गरी प्रहरीले राष्ट्र र नागिरकको सेवा गर्न पाएको अवसरको पूर्ण सदुपयोग गर्नुपर्ने बताउँनु भएको छ ।

त्यस अवसरम महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट १,२ र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ३१ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा बुधबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिनुभएको प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।