शुक्रबार, चैत्र १६, २०८०

खेलकुदको विकास ,विस्तार र प्रवर्धनको लागि सहयोग गर्ने सासंद सिलवालको प्रतिबद्धता

अनुप प्रधान / ललितपुर कार्तिक ७ , संघीय संसदका सदस्य नवराज सिलवालले जिल्लामा खेलकुदको थप विकास , विस्तार र प्रवर्धनको लागि आफूले सक्दो पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । ललितरको चौघरेको काम्लेचौरमा स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुदु भन्ने मूल नाराका साथ आजबाट शुरु भएको दोश्रो कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिताको उदेघाटनसत्रमा वोल्दै सासंद सिलवालले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै कार्यक्रममा प्रदेश सभाकी सांसद लालकुमारी पुन र गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्ग्तानले  सहभागी खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै खेल सामाग्रीहरु प्रदान गर्दै गाउँपालिकाभित्रबाट योग्य खेलाडी उत्पादन गर्न यस किसिमको प्रतियोगिताको आयोजना गरिएको बताए ।

कार्तिक् ११ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा गाउँपालिका भित्रका १८ टीमले सहभागिता रहेको छ । यसमध्ये प्रथम हुने समूहलाई १ लाख ३० हजार , दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार पुरस्कार राशिको व्यवस्था गरिएको जानकारी दिदै कार्यक्रमका संयोजक विजय कुमार स्याङ्तानले प्रतियोगिताको लागि गाउँपालिकाले १० लाख बजेटको व्यवस्था गरेको बताए ।  कार्यक्रमको उद्घाटनसत्रको खेलमा नल्लु क्लवलाई पछि पार्दै शंखुको ब्राईट भिजन क्लवले जीत हात पारेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।