शनिबार, बैशाख ८, २०८१

क्लब भिक्ट्रीमा भएको आगलागी ३ घन्टापछि नियन्त्रणमा

अनुप प्रधान /काठमाडौ असोज २६,  दरबारमार्गको क्लब भिक्ट्रीमा भएको आगलागी नियन्त्रणमा आएको छ । साँझ साढे ६ बजेदेखि सुरु भएको आगो ३ घन्टापछि नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल, स्थानीयवासी र सुरक्षाकर्मीहरु खटिएका थिए जसमा आधा दर्जनभन्दा बढी दमकल प्रयोग गरिएको थियो । प्रहरीका अनुसार विद्युत सर्ट भएर भएको आगलागीकाकारण् क्लब भिक्ट्रीमा पूर्ण रुपमा जलेको छ भने आगलागी भएको बुझिएको छ । साथै आगलागीको समयमा लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।