शुक्रबार, चैत्र १६, २०८०

कामपाको सहयोगमा मंका: खल:को मंका दबू छें शिलान्यास

काठमाडौं कार्तिक ९ , ४ दशक पछि नेपाल भाषा संस्कृती जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको नेपाल भाषा मंका खल को काठमाडौं वडा न्ं १५ मा रहेको बिजयेश्वरीस्थित जग्गामा आफ्नै भवन नेवा मंका :दबू छें बन्ने भएको छ ।

भवन निर्माणका निम्ति काठमाडौं महानगर पालिकाको ५ करोड रुपैयाँँ सहयोगमा निर्माण हुने यस दबू छें को काठमाडौं महानगरका प्रमुख विध्यासुन्दर शाक्यले एक औपचारिक कार्यक्रमकावीच शनिवार शिलान्यास गर्नु भएको हो ।  मंका: खल: का अध्यक्ष समेत रहनुभएका जनकवि दुर्गालाल श्रेष्ठको नेतृत्वमा उक्त दबूछें निर्माण कार्य हुने बताईएको छ ।