शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंमा चिनियाँ रास्ट्रपति सीको भव्य स्वागत

  • साँझ साढे ६ बजे नेपाली समकक्षी राष्ट्रपति भण्डारीसँग भेटवार्ता

  • राष्ट्रपति सीको सम्मानमा सोल्टी होटेलमा रात्रिभोजको आयोजना

  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होटेल सोल्टीमै राष्ट्रपति सीसित शिष्टाचार भेटवार्ता गर्ने

  • राष्ट्रपति सी बस्ने होटेल सोल्टी वरपरसमेत उच्च सुरक्षा सर्तकता सहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संगै होटेल आसपासका क्षेत्रमा चिनियाँ जनमुक्ति सेनासमेत परिचलान

काठमाडौ असोज २५,  नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुग्न भएका चिनियाँ राष्ट्रपति सी जिनफिङको काठमाडौंमा भव्य स्वागत गरिएको छ । अपराह्न ४ः४७ मा विशेष विशेष विमानबाट काठमाडौं अवतरण भएसंगै राष्ट्रपति सीलाइ त्रिभुवन विमानस्थलमा समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाको विशेष टुकडीले २१ तोपको सलामीसहित सम्मान गारद प्रदान गरिएको थियो । त्यसलगत्तै आरामका लागि राष्ट्रपति सीको विमानस्थलबाट होटल सोल्टीमा सवारी चलाईएको थियो ।

त्यस्तै साँझ साढे ६ बजे नेपाली समकक्षी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि शीतल निवास पुग्ने कार्यक्रम रहेको छ भने राष्ट्रपति भण्डारीले शनिबारै साँझ राष्ट्रपति सीको सम्मानमा सोल्टी होटेलमा रात्रिभोज आयोजना गर्दैछिन् ।

रात्रिभोजअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोल्टी होटेलमै राष्ट्रपति सीसित शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैवीच चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणकाक्रममा सुरक्षा व्यवस्था निकै मजबुत बनाइएको छ  भने राष्ट्रपति सी बस्ने होटेल सोल्टी वरपरसमेत उच्च सुरक्षा सर्तकता सहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संगै सोल्टी होटेल आसपासका क्षेत्रमा चिनियाँ जनमुक्ति सेनासमेत परिचलान गरिएको छ । त्यस्तै राष्ट्रपति सीको सवार सवारीलाई नेपाली सेनाको हेलिकोप्टरबाटसमेत ‘रेकी’ गरिएको छ । तस्वीर : रत्न् श्रेष्ठ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।