शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसको प्रश्न – वलात्कार प्रकरणमा सभामुखको राजीनामा होकी ? जनताको आँखामा छारो हाल्ने गुमराहनामा

काठमाडौ असोज १४, संघीय संसदक सभामुख कृष्ण बहादुर महराको वलात्कार प्रकरण राजीनामा प्रसंग प्रति प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले विमति प्रकट गरेका छन ।  कांग्रेसले आज प्रस्तुत प्रकरणको सवालमा पार्टी मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभामुख महराले दिएको राजीनामा पत्रमा प्रयोग भएका भाषा जनतालाइ गुमराहमा राख्ने  शैलीको भएको भन्दै यो राजीनामा होकि?  गुमराह पत्र हो भन्दै प्रश्न गरेको छ ।

साथै पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली जनता सभामुखले सोचे जस्तो वस्तु , परिस्थिती र भाषगत दक्षतामा कमजोर नभएको बताउँदै राजीनामा पत्रमा प्रयोग भएको भाषा हेर्ने हो भने सरासर जनताको आँखामा छारो हाल्ने शब्दावली सहितको भएको बताउँनु भएको छ । साथै उहाँले सभामुख महराले दिएको भनिएको राजीनामा – राजीनामा नभइ गुमराह नामा भएको बताएका छन ।

त्यस्तै उहाँले आफु विदेश जान लागेको अवस्थामा कार्यवहाक चलाउँन दिएको शैलीमा दिएको गुमराहनामाले थप उल्झन सिर्जना गेको बताउँदै प्रस्तुत राजीनामाको कुनै अर्थ नभक्एो बताउँदै छानबिन प्रक्रिया नसकिएसम्मका लागि भन्दै समयावधि तोकेर राजीनामा दिन नमिल्ने बताउँनु भएको छ ।

साथै  कानुनको नजरमा सबै नागरिक समान रहेको भन्दै दोषीलाई कारबाही र निर्दोषले न्याय पाउनुपर्ने सिद्धान्तअन्तर्गत् निस्पक्ष र प्रभावरहित तरिकाले छानबिनको वातावरण बनाउँन सरकारसंग समेत कांग्रेसले माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।