बिहिबार, चैत्र १५, २०८०

औषधि उत्पादक सङ्घको अध्यक्षमा क्षेत्री निर्वाचित

काठमाडौ असोज २९,  नेपाल औषधि उत्पादक सङ्घको २५औँ साधारणसभा एवम् अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको छ। संघको नयाँ अध्यक्षमा निर्वाचित नारायणबहादुर क्षेत्रीले २७ मत प्राप्त गरी विजयी  हुनुभएको हो भने उहाँको निकटतम् प्रतिसप्रर्धी प्रज्वलराज पाण्डेले २२ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै सङ्घको नयाँ कार्यसमितिका सदस्यमा सुवर्णभक्त जोशी, प्रभात रूङ्गटा, बिप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी राजभण्डारी, महेशप्रसाद प्रधान, दीपेन्द्रबहादुर प्रधान, प्रेमबहादुर जाटिया र विजयराज शाक्य सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै निर्वाचित सदस्य समुहबाट  नवनिर्वाचित अध्यक्ष क्षेत्रीले  उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहितका पदाधिकारी  मनोनयन गर्ने विधानत व्यवस्था रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।