शुक्रबार, बैशाख ७, २०८१

एपोन कार्यसमितिमा पदाधिकारी मनोनयन, महासचिवमा विप्लव र उपाध्यक्षमा बराल

(बाँयाबाट बराल र विप्लव )

काठमाडौ कात्तिक १,  २५ औँ साधारण सभामार्फत निर्वाचित औषधि उत्पादकहरुको साझा संस्था एपोन कार्य  समितिले पूर्णता पाएको छ । गत बुधबार एपोनको २५ औँ साधारणले   आगामी दुई वर्षका लागि नारायणबहादुर क्षेत्रीको नेतृत्वमा सङ्घको नयाँ कार्यसमितिका सदस्यमा सुवर्णभक्त जोशी, प्रभात रूङ्गटा, बिप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी राजभण्डारी, महेशप्रसाद प्रधान, दीपेन्द्रबहादुर प्रधान, प्रेमबहादुर जाटिया र विजयराज शाक्य सदस्य पदमा निर्वाचित  गरेको थियो ।

एपोनको विधानत व्यवस्था अनुरुप  नवनिर्वाचित अध्यक्ष क्षेत्रीले (टाइम फर्मास्युटिकल) निर्वाचित सदस्य समुहबाट संघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष  ,महासचिव  कोषाध्यक्ष  र सदस्यहरुमा क्रमस  महेश प्रधान- ओम्निका ल्यावरोटोरी , सन्तोष बराल आदि रेमिडिज,महासचिव विप्लव अधिकारी इन्नोभेटिभ फर्मास्युटिकल ,कोषाध्यक्ष प्रभात रुङ्गाटा मारुती फर्मा लाइ   चयन गर्नु भएको  छ ।

त्यस्तै आमन्त्रित सदस्यमा अध्यक्ष पदमा निकटतम् प्रतिस्प्रर्धी रहेका प्रज्वलराज पाण्डे लोमस फर्मास्युटिकल्स लाई चयन गर्नु भएको छ भने बाँकी सदस्यहरुमा विजयराज शाक्य – फ्लोरिड ल्यावरोटरी, दीपेन्द्र प्रधान – सीटीएल फर्मास्युटिकल, पृथ्वीराजभण्डारी – क्वेष्ट फर्मास्युटिकल, सुवर्णभक्त जोशी – अलाईभ फर्मास्युटिकल्स, प्रेम जाटिया – म्याग्नस फर्मा रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

औषधि उत्पादक सङ्घको अध्यक्षमा क्षेत्री निर्वाचित

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930