शुक्रबार, बैशाख १४, २०८१

एनआरएनको निर्वाचनमा उम्मेदवारी शुल्क १० लाख

नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदै

काठमाडौ असोज २९ , म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मंगलवारबाट शुरु भएको गैरआवासीय नेपाली सङ्घको बुधवार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको निर्वाचन समितिले जनाएको छ । यसअघिको निर्वाचनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेकोमा यसवष रु १० लाख पु¥याइएको छ ।

त्यस्तै उपाध्यक्षको रु सात लाख, महासचिवको रु छ लाख, सचिव र कोषाध्यक्षको रु पाँच लाख, सहकोषाध्यक्षको रु चार लाख, महिला तथा युवा संयोजकको रु ३ लाख ५० हजार, क्षेत्रीय संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको रु दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरूको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएका े निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान गराउँने तयारी रहेको जनाउँदै प्रस्तुत निर्वाचनमा २ हजार ४०० मतदाताले मतदान गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।