शनिबार, बैशाख ८, २०८१

आसन्न उपनिर्वाचनको कुनै औचित्य नभएको देशभक्त जनगणतान्त्रिक मोर्चाका जनाउ

काठमाडौ कार्तिक ४,    नेकपा क्रान्तिकारी माओवादीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाले आसन्न मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको जनाएको हो ।

यसअघि सम्पन्न तीन तहको निर्वाचनमा नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर भाग लिएको थियो ।

तथापी आसन्न उपनिर्वाचनको कुनै औचित्य नभएको जनाउ दिदै मोर्चाका संयोजक सीपी गजुरेलले निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको बताउँनु भएको हो । साथै उहाँले आफूहरुले अहिलेको संविधान, सरकार र व्यवस्थाकै विकल्पको खोजीमा रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।