बिहिबार, बैशाख १३, २०८१

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गोवद्र्धन, गाइ र गोरुको पूजा आजा गरी मनाइँदै

कसैलै लक्ष्मी पूजा आज मनाउँदै कसैले सोमवार मनाए, आत्मा पूजा पनि दुइ दिन

काठमाडौ कार्तिक ११, आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गोवद्र्धन ,गाइ र गोरुको पूजा आजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायले आफ्नो आत्मा पूजा गरी अर्थात म्ह पूजा गरी आजको पर्व मनाउने गरिन्छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । त्यस्तै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।

गाई पूजा : आमाले खुवाएको दूध जत्तिकै पौष्टिक गाएको दुधबबाट प्राप्त हुने भएकोलेनै आजको दिन गाईलाई गौमाताको सम्मान सहित पूजा अर्चना गर्ने गरिएको हो । साथै मानव चोलाको  जन्मदेखि मृत्यु संस्कारसम्म पनि गाइको दूध, गहुँत र गोबरका प्रचलनका कारण पनि गाइको महत्व रहेको पाइन्छ । यसअर्थमा पनि रगाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धताका साथैसाउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

गोरु पूजा :  वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइने गरिन्छ ।

यसैवीच आज कतिपय नेवार समुदायले आज र कतिपय नेवार समुदायले मंगलवार आत्मा पूजा गर्ने भएको छ । मंगलवार आत्मा पूजा गर्ने समुदायलेले सोमवार लक्ष्मी पूजा गर्ने तयारी गरेको थाहा भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार शास्त्रसम्मत निर्णयअनुसार सोमबार नै आत्मपूजा गर्नपर्ने बताए पनि कोहि कसैले मंगलवार म्हःपूजा गर्ने तयारी गरेको जनाएको छ ।