शुक्रबार, चैत्र १६, २०८०

आज दसैंको सातौं दिन: शक्तिस्वरुपा देवी कालरात्रीको तन्त्रसाधना सहित उपासना गरिदै

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवाधात्री स्वहा-स्वधा नमस्तुते

काठमाडौ असोज १८ ,  आज वडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरुले आआफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले ल्याउने चलन छ ।त्यस्तै फुलपातीको दिन आज देशभरका शक्तिपिठमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

यसैबीच, नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको तन्त्र विधिवाट गरिने कालरात्री पुजनको विशेष महत्व रहेका पाइन्छ । कालरात्रीको पूजा उपासना गर्ने विधि आफैमा गुप्त र फरक-फरक छन् । आजका दिन शक्ति स्वरुपा देवी दुर्गाले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको सस्मरणमा कालरात्री पुजनका दिन बली पूजा समेत गर्ने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।