बिहिबार, बैशाख ६, २०८१

आइतबार सार्वजनिक बिदा दिने नेपाल सरकारको घोषणा

काठमाडौं असोज २४ , राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका राष्ट्रपति सी चिनफिङबाट शनिवारबाट हुने नेपालको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन अर्थात आइतबार नेपाल सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राइद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै परराष्ट मन्त्रालयद्दारा जारी जनवादी चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण कार्यक्रम अनुरुप शनिबार अपरान्ह करिब ४:३० देखि ५:३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रेलगत्तै ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने ,त्यस्तै  करिब ७:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यस्तै आइतबार नेपालसँग द्विपक्षीय ‘कनेक्टिभिटी’ लगायतका भौतिक पूर्वाधारका विषय केन्द्रीत द्विपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुने र यसवीचमा उहाँले प्रम ,दलका नेतता लगायतसंग थप उच्चस्तरीय भेटवार्ता गर्ने बताईएको छ । त्यस लगत्तै उहाँ करिब १२:३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930