शुक्रबार, चैत्र १६, २०८०

अध्यागमन अधिकृत पराजुली सहित १३ अधिकृत विरुद्ध मुद्दा दायर

काठमाडौं कार्तिक् ५ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीले ड्यूटीमा रहेकै अवस्थामा डेस्कमा रहेको कम्प्यूटरको नेटवर्क थुतेर बन्द गरी दुईवटा मोबाइल प्रयोग गर्दै शंकास्पद ब्यक्तिहरूलाई बारम्बार सम्पर्क गरी लाईनमा रहेका महिला यात्रीहरूलाई बोलाई करिव २० जनालाई कुनै पनि कागजातहरू रूजु नगरी अध्यागमन प्रस्थान अनुमति दिएको भन्‍ने उजुरी उपरको अनुसन्धानमा संकलित प्रमाण तथा तथ्यहरुले आरोपि कमल प्रसाद पराजुलीले प्रयोग गर्ने मोवाइल सम्पर्क नंवरहरुको आधारमा प्राप्त हुन आएका कलरेकर्डस् सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतहरु विच मेसेज आदानप्रदान गरी २४८ जना व्यक्तिसंग प्रतिव्यक्ति रु १० हजार आर्थिक लाभ लिदै अभिलेख समेत नराखी प्रस्थान अनुमति दिने काम गरेको अनुसन्धानको क्रममा पाईएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा एक आपसको मिलेमतोमा आर्थिक अपराध गर्ने अध्यागमन अधिकृत कमल प्रसाद पराजुली¸ मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, जगदिशचन्द्र नेपाली, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाईँ, कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपाने विरुद्ध मुद्धा दायर गरेको
जनाएको छ ।

यसैवीच  यस्तै आयोगले बारागढी गाउँपालिका–३ बाराका जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक निर्माणका लागि सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल सहित लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमनप्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर वसन्त निधि र सबइन्जिनियर दिलीपकुमार जैसवालविरुद्धसमेत आजै मुद्दा दायर गरेको छ । पदीय दायित्व निर्वाह नगरी सरकारी रकम हिनामिना गरी गैरकानुनी लाभ लिएको आरोपमा उनिहरुविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।