सोमवार, मंसिर १५, २०७७

नेता सिंहले भने- नाराले मात्र मुलुकको समृद्धि हुन सक्दैन

काठमाडौं कार्तिक ९ , प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड तिहार एवम आसन्न छठपर्वको अवसरमा अवसरमा शुभकामना आदानप्रदान सहित काठमाडौं महानगरपालिकाका विभिन्न वडामा क्रियाशील सामाजीक संघ/संस्था तथा राजनैतिक दलका वडा इकाइ समतिले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै तिहार पर्वका स्वागत गरेका छन ।

यसैक्रममा कामपा वडा न १९ स्थित ढोकाटोल टोल सुधार समिति तथा  ढोकाटोल क्रियाशील समाजले शनिवार विहान चियानपान एवम शुभकामना आदानप्रदन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा  स्थानीय लब्धप्रतिष्ठित व्यक्ति विशेषको उपस्थिती रहेको थियो ।

त्यस्तै काठमाडौं काँग्रेस वडा न २४ वडा इकाइ समितिले पनि आजै विहान स्थानीय मखनटोलमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । संघीय संसद सदस्य तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा आयोजित प्रस्तुत कार्यक्रममा सासंद सिंहले नेपाली दोस्रो ठूलो चाड तिहार नेपाल संवत र छठ पर्वको शुभकामना दिदै मुलुककमा पछिल्लो समय राज्य सञ्चालन देखि समाजका हरेका तह र तप्कामा मौलाउँदै आएको यावत विकृतिको समुल अन्त्यका लागि काँग्रेस एकजुट हुँदै अघि बढ्नु को विकल्प नभएको बताउँनु भएको थियो । साथै उहाँले नाराले मात्र मुलकुको समृद्धि हुन नसक्ने भन्दै यसको कार्यान्वनका लागि  इमान्दारिता जवाफदेहि हुनु पर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा पूर्व सासंद , काँग्रेस महासमिति सदस्य , महाधिवेशन प्रतिनिधी क्रियाशील सदस्य , स्थानीय जनप्रतिनिधी सहित समाजका विभिन्न तह र तप्कामा नेतृत्वदायि भुमिका निर्वाह गर्दै आइरहेका जिम्मेवार व्यक्तित्वसंगै स्थानीयको बाक्लो उपस्थिती रहेको वडा इकाइ समितिका सभापति विनोद राजभण्डारीले जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930