बिहिबार, बैशाख १३, २०८१

SABBF को उपाध्यक्षमा श्रेष्ठ मनोनित

काठमाडौं असोज १३,  नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्याक्षमा मनोनित भएका छन् । इन्डोनेशियामा सम्पन्न एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको कांग्रेसले उपाध्याक्षमा नेपालका श्रेष्ठलाई दोस्रो पटक मनोनित गरेको हो ।

यस्तै कांग्रेसले ५५ औं शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेस प्रतियोगिता आयोजनाको लागि नेपालले गरेको प्रस्ताव अनुमोदन गरेको बताइएको छ । ५४ औं संस्करणका लागि माल्दिभ्सले आयोजनाको तयारी गरिसकेकाले नेपाललाई ५५ औं शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेश आयोजना गर्नका लागि बैठकले अनुमोदन गरेको नेपाल शारीरिक सुगठन तथा फिटनेश संघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।