बिहिबार, बैशाख १३, २०८१

नयाँ नेतृत्वको लागि औषधि उत्पादक सङ्घमा चुनावी रन्को

काठमाडौं असोज १३ , नयाँ नेतृत्व चयनका लागि नेपाली औषधि उत्पादक व्यवसायीको संघको अधिवेशन एवम साधारणसभा आगामी असोज २९ गते काठमाडौंमा हुने भएको छ ।

प्राप्त जानकारी अनुसार यअघि संघको नेतृत्व चयनमा सहमति कायम हुँदै आएपनि यसपटक निर्वाचनको प्रवल संभावना रहेको बुझिएको छ । विगत एक दशक भन्दा लामो सयमयता देखि हुन नसकेको औषधिको मूल्य समायोजन, स्वदेशी औषधि र बजार विस्ता औषधि उपकरण आयातमा भन्सार छुट, नयाँ उद्योग स्थापनको  सवालमा राज्यले लगाउँदै करको दायरा जस्ता नितिगत विषयमा नयाँ नेतृत्वले पहलकद्मी दिनपर्ने अवस्था रहेका कारण अवको नेतृत्व चुस्त दुरस्त हुने पर्ने आवाज संघभित्र मुखरित भएको बुझिएको छ ।

त्यस्तै वहालवाला कार्यसमिति भित्रैबाट नयाँ अध्यक्षका लागि दावेदारी सहित उम्मेदवारीको चर्चा परिचर्चा समेत शुरु भएको बुझिएको छ । ११ सदस्यीय कार्यसमिति रहेको संघको अध्यक्षमा निर्वाचित व्यक्तिले बाँकी पदाधिकारी नियुक्ति गर्ने परम्परा रहिआएको छ । त्यस्तै कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र पाँच जना सदस्य रहने विधानत व्यवस्था रहेको छ । साथै नयाँ नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष नारायणबहादुर क्षेत्री र महासचिव प्रज्वलजंग पाण्डेले आ-आफ्नो उम्मेद्धारी घोषणा गरिसकेका छन्

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।