बिहिबार, बैशाख १३, २०८१

स्थानीय तह र रोटरीवीच सहकार्य ,भिमसेनस्थान परोपकार सडक-खण्डमा वृक्षरोपण

काठमाडौं असोज १२ , शहरको सौन्दर्यतामा हरियालीको आवश्यकता महसुस गर्दै काठमाडौं महानगरपालिका वडा न २० को सहकार्यमा रोटरी क्लव अफ न्यूरोड सिटीले आज स्थानीय भिमसेनस्थान परोपकार सडक खण्डमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । नेपाली मात्रको महान पर्व वडादशैँको पहिलो दिन अर्थात  घटस्थापनाको शुभ अवसरमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा इननर व्हिल क्लव रोट्याकट र इन्टरआक्ट् परोपकार समेतको सहभागीता रहेको थियो । रोटरी इन्टरनेशलनको मुल मन्त्र rotary connect the world को अवधारणा अनुरुप क्रियाशील रोटरीले न्यूरोसिटीले विगत देखिनै बढ्दो वातावरणीय संक्रमण रोक्न ग्रिन प्लान्टेशनलाइ प्राथमिकता दिदै आएको छ ।

यसै क्रममा स्थानीय तहसंग सहकार्य गर्दै प्रस्तुत कार्यक्रमको आयोजना गरिएको जनाउँदै क्लव अधिकारीले आजको कार्यक्रममा पूर्वमन्त्री नविन्द्रराज जोशी समेतको सहभागीता रहेको जानकारी दिएका छन । ग्रिन प्लान्टेशन कार्यक्रमलाइ देशव्यापी बनाउँन आवश्यक रहेको र आज रोप्ने भोली छोड्ने नभइ निरन्तर संरक्षण तर्फ सवैको ध्यान जान आवश्यक रहेको बताउँदै यस किसिमको कार्यक्रमले वातावरणीय समस्यालाइ हरियालीको माध्यमबाट केहि हदसम्म भएपनि स्वच्छ राख्न सघाउ पुग्ने क्लवको निष्कर्ष रहेको बताईएको छ ।

service  chair Directer निलकण्ठ श्रेष्ठको अगुवाइमा भएको यस कार्यक्रममा कामपा वडा न २० का अध्यक्ष राजेन्द्र मानन्धर, रोटरीक्लव अफ न्यूरोड सिटीका अध्यक्ष, दितिय उपाध्यक्ष ,सचिव , इननर व्हिल क्लव रोटआक्यट र इन्टरआक्यट परोपकारका पदाधिकारी संगै क्लवका विभिन्न तह र तप्काका जिम्मेवार अधिकारी लगायत स्थानीयको उपस्थिती रहेको क्लवका दितिय उपाध्यक्ष रमिला शाक्य श्रेष्ठले जानकारी दिइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।