शनिबार, बैशाख ८, २०८१

अधिनायकवादी सरकारका विरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने काँग्रेसको चेतावनी

मण्डले शैलीमा नेता रिजाल माथि आक्रमण

काठमाडौं असोज १२ , चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको सत्तारुढदलका कार्यकर्ताबाट अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध भएको कुटपिटको घटनाको चर्चाले चर्चा पाउँदै गर्दा आज प्रमसख प्रतिपक्षी दल नेपालीका काँग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मिलेन्द्र रिजाल माथिनै भौतिक आक्रमणको प्रयास भएको छ ।

तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका कांग्रेसका नेता डा। रिजालमाथि नेकपा कार्यकर्ताहरुले रिसिङ गाउपालिका जाने बाटोमा सत्तारुढ नेकपाका कार्यकर्ताहरुले नेता डा रिजालमाथि आक्रमणको प्रयास गरेको हो ।

प्राप्त जानकारी अनुसार आफु र आफना हकर्त विरुद्ध वोल्ने जोकोहिलाइ पनि आक्रमण गर्ने नियोजित योजना मुताविक नेकपाका कार्यकर्ताहरुले पूर्व मन्त्री रिजालमाथि आक्रमण गरको बताईएको छ । आक्रमणको क्रममा नेता रिजालमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको  बुझिएको छ । तथापी नेता रिजाल स्थानीय नेता कार्यकर्ताहरुका साथ कार्यक्रमस्थल पुग्नु भएको थियो ।गाउँपालिका भवनको उद्घाटनका लागि नेता रिजाल रिसिङ गाउपालिका आउँने पूर्व जानकारी प्रहरी प्रशासनलाइ भएपनि शान्ति सुरक्षाको उचित व्यवस्था नभएको बताउँदै आक्रमणको समयमा समेत प्रहरी प्रशासन मुकदर्हक भएको बताईएको छ ।

यसैबीच कांग्रेसले आक्रमणको घटना लगत्तै विज्ञप्ति जारी गरेर नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीबाट बाटो अवरोध गरेर कांग्रेस नेता रिजालमाथि आज बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै ििवज्ञप्तिमा गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेकोे थियो । कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय हो । फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक भएको उल्लेख गरिएको छ ।

साथै कांग्रेसले सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहो-याउँदै व्यक्तिकोे अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गई रहेको घटनाप्रति सतर्क रहन आग्रह गर्दै मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने र यो वा त्यो नाममा लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी समेत दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।