बिहिबार, चैत्र १५, २०८०

गुटगत प्रवृति सहित कार्यकर्ता बिनाको नेता बन्ने दौडमा नलाग्न नेता शाहकोआग्रह

काठमाडौ असोज ३,  नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेसका मा कार्यकर्ता बिनाको नेता बन्ने दिन आउने तर्फ सचेत हुन आग्रह गर्दै  मेलमिलाप र सहकार्य सहति गुटगत प्रवृतिबाट मुक्त भएर संगठनलाई शसक्त र गतिशील तरीक़ाले निर्माण र परिचालनमा केन्द्रित हुन पार्टीका नेताहरू सुझाव दिएका छन।

त्यस्तै बाँकेमा तरुण नेताहरू माथिको आक्रमण राज्य आतंक भएको जिकिर गर्दै पुर्व उपाध्यक्ष शाहले नेपाल तरुण दलका नेताहरु माथी भएको आक्रमण कुनै निश्चित ब्यक्ति वा जिल्ला लक्षित नभएर यो प्रतिपक्षी र विरोधीहरूलाई दमन गरी समग्र राज्य सत्ता कब्जा गर्ने उद्देश्यले सरकारद्वारा निर्देशित एउटा संरक्षित घटना भएको बताउँदै यसको सरकारद्वारा निर्देशित यी योजनाबद्ध घटनाको प्रतिकार गर्ने चेतावनी दिएका छन।

त्यस्तै नेता शाहले खाली रहेको नेपाल बिध्यार्थी संघको केन्द्रीय समिति तत्काल गठन गर्न, बिस्तार हुन बाकी रहेका नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघको केन्द्रीय समिति तत्काल विस्तार गर्न  अनुरोध गर्दै आफनै कारणले आफनै आँखा अगाडि पार्टी र लोकतान्त्रिक प्रणाली समाप्त भएर असहाय हुने अवस्था सृजना नहोस भन्दै पार्टीका नेताहरूलाई त्यतातिर ध्यान दिन पनि निवेदन गरेका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।