शुक्रबार, बैशाख १४, २०८१

यी हुन् मन्त्रिपरिषद् बैठकका २६ बुँदे निर्णय २० हजार मेट्रिक टन चिनी आयात देखि बढुवा सम्म

आवश्यकता औचित्यको पुष्टि नभइ लहलहैमा संविधान संशोधन नहुँने  :   प्रवक्ता बाँस्कोटा

काठमाडौ असोज २ गत भाद्र २६ र ३१ गते बसेको मन्त्रीपरिषदको २६ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आवश्यकता औचित्यको कुनै पुष्टि नभइ कुनैपनि हालतमा संविधान संशोधन नहुँने बताउँनु भएको छ ।  त्यस्तै मुलुकमा ३ तहको सरकार बनिसकेपनि संविधान अक्षरस कार्यान्वयन हुन बाँकी रहेको अवस्थामा आफु अनुकल संविभान संशोघनको चटारो गर्न नहुँनेमा जोड दिदै उहाँले यद्यपी संविधान अपरिवर्तनीय होइन, परिवर्तनीय दस्तावेज भएकै कारण समयानुकुल संशोधन हुने बताउँनु भएको छ ।

यसैवीच मपको निर्ण सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले सरकारले आसन्न चाडपर्वलाइ लक्षित गर्दै कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयातका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०÷१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुटमा अयात गर्न स्वीकृति दिएको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले अधिग्रहण गरेको जग्गामध्ये साविक बलम्बु गाविस वडा नं ६ (क) को अधिग्रहण भएको कित्ता नं १०१२ को बाँकी रहेको एक आना दुई पैसा दुई दाम क्षेत्रफल जग्गासमेत अधिग्रहण गरी क्षतिपूर्ति प्रदान गर्न स्वीकृति दिएको जानकारी दिदै उहाँले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०७६÷०७७ का लागि ४९ राजपत्राङ्कित अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्नुको अलावा चालू आवकै लागि बालसुधार गृह र राष्ट्रिय बाल अधिकार परिषद्तर्फ शाखा अधिकृतको छ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिनु भएको छ

त्यस्तै गरि नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्नुको अलावा अपराधमा कैद सजाय भुक्तान गरिरहेका २८२ को कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताउँनु भएको छ । साथै संविधान दिवसका दिन हनुमान ढोका दरबार सङ्ग्रहालय, पाटन सङ्ग्रहालय र राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरमा प्रवेश निःशुल्क गर्ने निर्णय गरेको बताउँदै तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा र गर्ने निर्णय गरेको छ ।

प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने निर्णय भएको जानारी दिनसुभएको छ ।

त्यस्तै बैठकका निर्णयको जानकारी दिने क्रममा मन्त्री बाँस्कोटाले बैठकले नेपाल प्रशासन सेवा समूहीकरण (क्लस्टर) तर्फका राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कायममुकायम प्रमुख सचिव तोयम रायलाई बढुवा गरी ३ नं प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन र नेपाल इञ्जिनीयरिङ सेवाको समूहीकरण (क्लस्टर)तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा प्रथम श्रेणीका अधिकृत शिवहरि शर्मालाई बढुवा गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सचिव पदमा पदस्थापन गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले अतिरिक्त समूहमा रहेका राजपत्राङ्कित विशिष्ट श्रेणीका ऋषिराम शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत र रवीन्द्रनाथ श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव (सिँचाइ) मा सरुवा गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।