शुक्रबार, चैत्र १६, २०८०

प्रम ओली ‘प्लाज्मा फेरेसिसको उपचार पछि स्वास्थ्य लाभ गर्दै आज स्वदेश फर्किए

काठमाडौ भाद्र २०, प्रधानमन्त्री केपी ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरि दुई साता पछि सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट स्वदेश फर्किनु भएको हो ।

उहाँ गत भदौ ५ गते प्रम ओली सङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि जानु भएको थियो । यसअघि उहाँ सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किनुभएको थियो ।

त्यस्तै प्रम ओली संगै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले सहित प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्य सहितको टोली पनि आजै स्वदेश फर्किनु भएको छ ।  प्रधानमन्त्री ओली देश फर्किदै गर्दा उहाँलाइ मन्त्रिपरिषदका सदस्यहरु, संवैधानिक अंगका प्रमुखहरु, सत्तारुढ दल नेकपाका नेताहरु विमानस्थलमा पुग्नु भएको थियो ।

स्वास्थ्य उपचार पछि नेपाल फिर्नु भएका प्रम ओलीले यसपटक पनि पत्रकारहरुसंग केहि नवोली सिधै प्रमको सरकारी निवास बालुवाटारतर्फ प्रस्थान गर्नु भएको हाम्रा सहकर्मीले जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।