शनिबार, बैशाख ८, २०८१

२० लाख नदिए छोरीको हत्या गर्ने धम्की दिने कँडेल यसरी समातिए

काठमाडौं भाद्र १७ , नेपाल प्रहरीले आफुले मागे जती पैसा उपलब्ध नगराए छोरीको हत्या गर्दै घरमा समेत बम पड्काउने धम्की दिने धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेललाइ बालाजुबाट पक्राउ गरेको छ ।

प्राप्त जानकारी अनुसार पक्राउ परेका कँडेलले गत भाद्र १३ गते नेत्रविक्रम चन्दको नाममा  स्युचाटारकी रेन्जुकला त्रिपाठी नामकी महिलालाई चिट्ठी पठाएर रु २० लाख माग गरेको र यदि पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार प्रहरीको सहयोगमा ती महिलाले पक्राउ परेका अभियुक्तले भनेवमोजिम रु २० लाख नक्कली मुद्रा लिएर गएको र त्यहि समयमा प्रहरीले अभियुक्त कँडेललाइ पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।