शुक्रबार, बैशाख १४, २०८१

सुनियोजित रुपमा सयौंको संख्यामा गौ हत्या हुनु भनेको मानव सभ्यता र राज्यकै उपहास :ज्यो सुवेदी

काठमाडौं भाद्र १५ ,  सुर्खेतमा सयौं संख्यामा गाई तथा गोवंशको भीरबाट लडाएर हत्या गरिएको विषयलाई लिएर देशका विभिन्न ठाऊहरुमा विरोध भइरहको छ । विरोध गर्नेहरुले सुनियोजित ढङ्गबाट हत्या गरिएको आरोप लगाएका छन् । नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं, नवलपरासी, रुपन्देही, सुर्खेतलगायतका क्षेत्रमा प्रस्तुत घटनाको घोर भत्सर्ना गर्दै कतै नाराजुलुस् गर्ने, कतै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाउने सम्मका विरोधका कार्यक्रम भइरहका छन ।

यसै क्रममा गौ संरक्षणका अभियन्ता ज्यो.पं. वैद्यराज दीपक सुवेदीले एक भिजिओल विज्ञप्तिमार्फत यस प्रकारको गोवंशको कार्यले आफूलाई आहत बनाएको बताएका छन् । त्यस्तै उहाँले  केही वर्षदेखि देशका विभिन्न स्थानमा सुनियोजित रुपमा गाई गोरु तथा बाच्छाबाच्छीको हत्या हुने कार्य बढ्दै गएको छ । यही कुरालाई दर्शाउँदै गौ संरक्षणका अभियन्ता दीपक सुवेदीले आफ्नो अभिव्यक्तिमा सामान्य जीवजन्तुको पनि संरक्षण हुनुपर्छ भन्ने विश्वव्यापि मान्यता र अभियान चलिरहेको अवस्थामा गोवंशको यसरी षड्यन्त्रपूर्वक नियोजित तरिकाबाट हत्या गरिनु मानवसभ्यता एवं राज्यकै उपहास भएको बताएका छन् ।

गोवंशको हत्याको सानो बिरोधले अन्धो र बैरो रहेको सरकारले नसुन्ने हुनाले विगतका वर्षमा झै ससानो स्वरुपको विरोधबाजी गरेर मात्रै यो समस्या नसुल्झिने बताउँदै सुवेदीले गोवंशको संरक्षणको लागि विशेष कार्ययोजना हुनु पर्ने बताएका छन् । त्यस प्रकारको कार्ययोजना आफूसँग भएकोले धार्मिक संघसंस्था, नागरिक समाज, राज्य एवं सरकार र संबन्धित निकायले चाहेको खण्डमा उपयुक्त ठाऊमा विधिपूर्वक त्यो कार्ययोजना पेश गर्न आफू तयार रहेको पनि उनले बताएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।