बुधबार, बैशाख १२, २०८१

सहकारीबाट नगद सहितको सेफ चोरी गर्ने थापाद्दय पक्राउ

काठमाडौ भाद्र ३१ , महानगरीय अपराध नियन्त्रण महाशाखाले काठमाडौ महानगरपालिका–३२ पेप्सीकोलास्थित हर्षित बचत तथा ऋण सहकारीबाट गत भाद्र २५ गते चोरी भएको रु सात लाख ८९ हजार सुरक्षित गरिएको सेफसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका–४ का १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिकाका २१ वर्षीय दानबहादुर थापा रहेको जनाएको छ ।  त्यस्तै प्रहरीले पक्राउ परेका थापाद्दयबाट सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल, नगद रु ५३ हजार समेत वरामद गरिएको जनाएको छ ।

लागुऔषधसहित पक्राउ :  यसैवीच प्रहरीले नियन्त्रित लागुऔषध डाइजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित आज लागुऔषध सहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट सुनसरी भानुचोक बस्ने २६ वर्षीय आशिष श्रेष्ठ त्यस्तैगरि झापा काँकडभिट्टा घर भइ हाल महानगरपालिका–१४ कलङ्की बस्ने २७ वर्षीय युवराज तिमिल्सिनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले धरानबाट काठमाडौ आउँदै गरेको ना६ख ९४७९ नंको बस जाँच गर्ने क्रममा श्रेष्ठलाइ र महानगरीय प्रहरी वृत्त कालीमाटीले अवैध लागुऔषध ब्राउनसुगरसहित तिमिल्सिनालाई पक्राउ गरेको जनाउँदै दुवै जनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।