शुक्रबार, चैत्र १६, २०८०

सरकारको लिंढेधिपी विरुद्ध आन्दोलनमा उत्रने काँग्रेस सभापति देउवाको चेतावनी

काठमाडौ भाद्र २१,  नेपाली काङ्ग्रेस अछाम काठमाडौँ सम्पर्क समितिले आज राजधानीमा आयोजित स्मारिका विमोचन एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दुई तिहाइ सरकार नागरिकको लेख्ने, बोल्ने र विचार अभिव्यक्त गर्ने अधिकारमाथि नियोजित हस्तक्षेप गर्न परिपञ्चमा रहेको बताउनुभएको छ ।

प्रर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारकाले यसैको उपज अनुरुप मिडिया काउन्सिल, मानव अधिकार लगायतका विधेयको    परिकल्पना    गरेको बताउनुभएको छ । यद्यपी उहाँले सरकारको प्रस्तुत परिपञ्च विरुद्ध नेपाली काँग्रेस चुप लागेर नबस्ने बताउँदै सरकारको लिंढेधिपी विरुद्ध मोर्चाबाट आन्दोलनमा उत्रने चेतावनी दिनु भएको छ।

त्यस अवसरमा सभापति देउवाले सांसद रामबहादुर विष्टलाई एनडी प्रभाष चटौत सम्मान, पूर्वसभासद् डा आरजु राणा देउवालाई द्वारिकादेवी ठकुराठी सम्मान, पूर्वसांसद बलबहादुर कुँवरलाई सिद्धराज ओझा सम्मान, परशुराम नगरपालिका जोगबुढा डढेल्धुराका नगर प्रमुख भीमबहादुर साउदलाई सम्मान गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत केन्द्रीय सदस्य एनपी साउद लगायतका वक्ताले सरकारको गलत रवैयाको जनतामाझा भण्डाफोर गर्न अव पछि पर्न नहुने आशयको अभिमत प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।