शुक्रबार, चैत्र १६, २०८०

सत्तापक्ष र प्रतिपक्षदलका सांसदबीच आरोप–प्रत्यारोप, ससंद बैठक स्थगन

काठमाडौ भाद्र ३०,  आज सभामुख कृष्णबहादुर महराले संसद बैठक प्रारम्भ भएको उद्घोष गरेसंगै प्रतिपक्षीदल नेपाली काङ्ग्रेसका सांसदले बाँके आक्रमण  घटनालाई लिएर कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

कांग्रेसले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसाललाई बोल्न समय दिनुभएको थियो । त्यसपछि सांसद भुसालले बाँके घटनामा संलग्नविरुद्ध परेको किटानी जाहेरीअनुरूप दोषीलाई हदैसम्मको कारवाहीका लागि सभामुखबाट निर्देशन दिन माग गर्दै आक्रमणमा संग्ल्न अपराधी विरुद्ध कारवाही नभएको बताउँदै दोषीलाइ कारवाही गर्न माग गरेसंगै केहि समय सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच आरोप–प्रत्यारोप समेत भएको थियो ।

त्यसक्रममा नेकपाका सांसद नन्दलाल क्षेत्री लगायतले काँग्रेसले भने जस्तो घटना नभएको भनी काङ्ग्रेसका सांसदको भनाइको प्रतिवाद गर्दा स्थिती तनावग्रस्त भएको हो ।  त्यसलगत्तै सभामुख महराले प्रतिपक्षीदलको मागका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै असोज १ गते बिहान ११ बजे बैठक बस्ने गरि आजको बैठक स्थगन गरेको घोषणा गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।