बिहिबार, बैशाख १३, २०८१

विश्व फर्मास्युटिकल्स दिवस: मौजुदा औषधि ऐन परिमार्जन गर्ने मन्त्रालयको तयारी

काठमाडौ असोज ८,  विश्व फर्मास्युटिकल्स दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले मौजुदा औषधि ऐन संशोधनको तयारीमा रहेको बताउँनु भएको छ । त्यस्तै उहाले मन्त्रालयले औषधि र चिकित्सा क्षेत्रमा प्रयोग हुने उपकरणको व्यवस्थापन, अनुगमन तथा नीति निर्माणका लागि मन्त्रालयमा नयाँ महाशाखाको व्यवस्था गर्न लागिएको जानकारी दिदै जनताका लागि संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनमा मन्त्रालय प्रतिवद्ध रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जनताको गुणस्तरीय औषधि सेवन गर्न पाउँने अधिकारका लागि सदैव क्रियाशील रहेको र यसको लागि औषधिमा आवश्यक नियमनमा लागि रहेको बताउनुभएको छ ।

त्यस्तै चिकित्सकको प्रेस्क्रिप्सनविना औषधिको बिक्री वितरणमा रोक लगाउँनु पर्ने बताउँदै नेपाल चिकित्सक सङ्घका अध्यक्ष मुक्ति श्रेष्ठले सरकारले बजार अनुगमनलाइ प्रभावकारी बनाउँन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल औषधि उत्पादन सङ्घका अध्यक्ष , नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले आफनो अभिमत प्रस्तुत गर्नु भएको समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।