शनिबार, बैशाख ८, २०८१

विप्लव पुत्र प्रकाश सहित दुइ दर्जन भन्दा बढि विद्यार्थी पक्राउ

काठमाडौं भाद्र २५,  नेपाल प्रहरीले नेत्रविक्रम चन्द विप्लवका सुपुत्र प्रकाश चन्दसहित दुइ दर्जन भन्दा बढि विद्यार्थीलाई आज पक्राउ गरेको छ ।  सरकारले तोकेभन्दा बढी कलेजले शुल्क लिएको भन्दै शुल्क घटाउन दबाबस्वरुप आन्दोलन गर्ने क्रममा चितवन मेडिकल कलेजको पठन पाठनमा व्यवधान सिर्जना गरेको आरोपमा सोही कलेजमा अध्यनरत चन्द लगायतका विधार्थीलाइ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनलाइ उदृत गर्दै प्राप्त समाचारमा चन्द सहितका विधार्थीले कलेजको पठन पाठनमा अवरुद्ध गर्दै अराजकता प्रदर्शन गरि तोडफोड गर्ने प्रयास गरेपछि पक्राउ गरिएको जनाउँदै पक्राउ परेकाको विधार्थी उपर आवश्यक अनुसन्धान भइरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।