शुक्रबार, बैशाख ७, २०८१

वर्ष ०७६को गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्व प्रम कोइरालालाई प्रदान गरिने

काठमाडौ भाद्र ३१ , वर्ष २०७६को गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक एवमे अभिनन्दन पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पूर्वप्रधानमन्त्री कोइरालालाइ संविधान दिवसको दिन अथात असोज ३ गते राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने एक विशेष कार्यक्रमकावीच पदक प्रदान गरिने  गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति  प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले जानकारी दिनु भएको छ ।

प्रस्तुत पदकबाट यसअघि पूर्व राष्ट्रपति रामवरण यादव,गिरिजाप्रसाद कोइरालालाइ (मरणोपरान्त) संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ ,कृष्णप्रसाद सिटौला,कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाइ प्रदान गरिसकेको संघीय संसदका सदस्य समेत रहेका प्रतिष्ठानका अध्यक्ष प्रधानले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031