शनिबार, बैशाख ८, २०८१

ललितपुरको लेलेमा रोटरीको नि: शुल्क पाठेघर परिक्षण शिविर

काठमाडौं असोज ४ , समाज सेवाको क्षेत्रमा अग्रणाी अन्तराष्ट्रिसंस्था रोटरी क्ल इन्टरनेशनल ललितपुरको लेले गाउँपालिकामा एक दिने नि शुल्क पाठेघर परिक्षण शिविरको आयोजना गरेको छ ।  पछिल्लो समय महिलाहरुको संवेदनसिल अंग पाठेघरको संक्रमणले राजधानी देखि दुर दराजका महिलाहरुलाइ पिरोल्दै आएको समस्यालाइ दृष्टिगत गर्दै पाठेघरको संक्रमणको निकारकणरका लागि चेतना अभिृद्धि गर्ने लक्ष्य सहित यस किसिमको शिविरको आयोजना गरिएको हो ।

पाठेघर संक्रमणको समस्या प्रति अनभिज्ञ हुँदै गर्दा पाठेघर आफैमा रोगको घर बन्न बन्दै क्यान्सरमा रुपान्तरण हुने सक्ने भएकाले समयमानै यसको उपचार गर्न सके धेरै रात मिल्न सक्छ । तर पाठेघरको समस्यालाइ नजर अन्दाज गर्ने प्रवृतिका र यसप्रति सचेत बन्न नसक्दा पाठेघर  क्यान्सरका कारण थुप्रै महिलाले ज्यान गुमाउँनु परेको तितो यर्थात हामीवीच विद्यमान रहिआएको छ ।

पाठेघर संक्रमण हुन सक्ने विविध कारणहरुमध्ये मुलत सरसफाइ , मल्टीपल सेक्स पार्टनर,कम उमेरमा बच्चा जन्माउँने प्रवृति र यो वा त्यो नाममा बढी बच्चा जन्माउँने परम्परा ,गर्भपतन अत्यधिक धुम्रपानर मद्यपानको सेवन र महिनावारी सार्न अनेकन खालका औषधी प्रयोग गर्ने जस्ता कारणले गर्दा महिलाहरुमा पाठेघर संक्रमणको समस्या देखिएको सम्वद्ध चिकित्सकहरुको भनाइ रहेको छ । 

हो ,यहि समस्यालाइ चेतनाको रुपमा प्रवाह गर्दै विद्यमान समस्यालाइ केहि हदसम्म भएपनि न्यूनिकरण गर्ने लक्ष्य सहित गोदावरी नगरपालिका वडा न. ५ , प्राथमिक स्वास्थ्य सेवा केन्द्र लेले , आसिसि लेले रोट्याकट क्लव अफ न्यूरोड सिटी , आक्यट  क्लव अफ न्यूरोड सिटीको नव जागरण युवाक्लव लेलेको सहकार्यमा महिला शक्ति विकास केन्द्र नेपाल रोटरी क्लव न्यूरोड सिटी र इननर विहल क्लव अफ न्यूरोड सिटीको संयुक्त आयोजनामा आज ललितपुरस्थित लेले प्राथमिक स्वास्थ्य केन्द्रमा प्रस्तुत कार्यक्रमको आयोजना गरिएको क्लवका Service chair निलकण्ठ श्रेष्ठको संयोजनमा  र नहुँदा प्राविधिक समूह आवद्ध चिकित्सक टोलीको सहयोगमा सम्पन्न भएको हो ।

त्यस्तै  शिविरमा स्थानीय करिव १ सयको हारारीमा महिलावृतमा प्रस्तुत समस्याको जानकारी प्रवाह गर्दै उहाँहरुको विज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण् सहित आवश्यक परामर्श एवम् औषधि समेत वितरण गरिएको    क्लवका जन सम्पर्क अधिकृत मधु ढुङ्गेलको समन्वयमा    दितिय उपाध्यक्ष रमिला शाक्य श्रेष्ठले जानकारी दिदै  कार्यक्रममा  महिला शक्ति विकास केन्द्र नेपाल रोटरी क्लव न्यूरोड सिटी र इननर विहल क्लव अफ न्यूरोड सिटीका विभिन्न तह र तप्काको जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको  बताउँनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।