शुक्रबार, बैशाख ७, २०८१

रु १ लाख घुस रकम सहित क्षेत्री पक्राउ

काठमाडौ भाद्र १६. भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटमा कार्यरत पूर्वकर्मचारी हरिमोहन क्षेत्री रु एक लाख घुस रकम सहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा टोलीले क्षेत्रीले सेवाग्राहीसँग रु एक लाख घुस मागेको अभियोगमा आज पक्राउ गरेको हो ।

त्यस्तै आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला द्दारा जारी विज्ञप्तिमा घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ परेका क्षेत्रीमाथि अनुसन्धान भइरहेको जउल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।