बिहिबार, बैशाख ६, २०८१

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौ भाद्र २७,  इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक सरीक भई अपराह्न ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई रथयात्राको अनुमति दिएसंग रथयात्रा शुरु भएको थियो ।

आज इन्द्रजात्राको मुख्य दिन हो । आज स्थानीय भाषामा कोने भनिने तल्लोटोलमा रथयात्रा चलाइएको थियो । त्यस अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।

दोस्रो दिन थने अर्थात माथिल्लो टोलमा रथायात्रा चलाइने परम्परा रहिआएको छ भने जात्राको चारौ दिन नानीचा जात्रा चलाइने परम्परा रहिआएको छ । यस दिन राष्ट्रपति भण्डारी हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका र प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा रहिआएको छ ।

त्यस अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031