शुक्रबार, चैत्र १६, २०८०

राजस्व विभागद्वारा सुन तस्कर गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं  भाद्र १८ ,  १६ किलो सुनसहित गत साउन ९ गते पक्राउ परेका सुन तस्कर धनकमल गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ ।

विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार उक्त माग दाबीसहित मुद्दा दर्ता गराएको हो । विभाग सम्वद्ध स्रोतका अनुसार बरामद भएको सुनको मूल्य पछिल्लो बजार भाउ अनुरुप आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ रहेको थाहा भएको भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।